Comments Add Comment

खुला नकाउट भलिबलको उपाधी चुल्होलाई

२०, फागुन, चितवन । पर्यटकीय नगरी पटिहानीमा सम्पन्न पद्मोदय खुला नकाउट पुरुष भलिबलको उपाधी चुल्हो रेस्टुरेण्ट नारायणगढले जितेको छ ।

महाशिवरात्रीको अवसरमा पद्मोदय युवा क्लबको आयोजनामा सोमबार भएको फाइनल खेलमा कालीबहादुर गणलाई पराजित गर्दै चुल्होले उपाधि उचालेको हो ।

चुल्होले कालीबहादुर गणलाई २५–१५, २१–२५,२५–१३ र २५–१६ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा प्रथम भएको चुल्हो रेस्टुरेण्टले ५० हजार रुपैयाँ पुरस्कार पायो । दोस्रो हुने कालीबहादुर गणले ३० हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगितामा सान्त्वना हुने हनुमान नगर र डिएसी बल्हुवाले समान १०/१० हजार रुपैयाँ पाए । प्रतियोगितामा हनुमान नगर अनुशासित टिम घोषित हुँदा चुल्होका किरण चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment