Comments Add Comment

सेयर धितोमा १६ अर्ब ८१ करोड रुपैयाँ कर्जा

margin landing

७ साउन काठमाडौं । पुँजी बजारमा भएको उल्लेख्य वृद्धिसँगै सेयर धितोमा पवाह हुने कर्जा पनि उच्चरुपमा बढेको छ । सेयरको मुल्य बढेपछि यसको धितोमा प्रवाह गरिने कर्जाको मात्रा पनि बढेको हो । एक वर्षको अवधिमा सेयर धितोमा प्रवाहित कर्जा ४ अर्ब रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकका अनुसार गत जेठ महिनासम्ममा  सेयर धितोमा १६ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो  । अघिल्लो वर्षको जेठ महिनामा यस्तो कर्जा १२ अर्ब ९३ करोड रुपैयाँ रहेकेा थियो । अघिल्लो जेठको तुलनामा गत जेठमा सेयरधितो कर्जा ३० प्रतिशतले बढेको हो ।

सेयर धितो कर्जाको वृद्धिसँगै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नियन्त्रण गर्ने जनाएको छ । सेयर बजार मापदक नेप्से परिसूचक हजार अंकबाट माथि चढे लागत्तै गर्भनर डा. युवराज खतिवडाले सेयर बजारको नियमनलाई प्रभावकारी बनाउन जरुरी भएको बताएका थिए ।  सेयर बजारमा आउन सक्ने अनपेक्षित उचार चढावबाट वित्तीय स्थायित्वमा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावनालाई ध्यानमा राखी सेयरको धितोमा प्रवाह हुने कर्जालाई थप व्यवस्थित गरिने छ’ शुक्रबार जारी मौद्रिक नीतिमा उल्लेख भनिएको छ ।

राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्न प्रोत्साहित गर्ने र अनुत्पादक क्षेत्रमा जाने कर्जालाई निरुत्साहित गर्ने नीति लिदै आएको छ । सेयर बजार, घरजग्गा, सुन, चाँदीको बजारलाई राष्ट्र बैंकले अनुत्पादक क्षेत्र भन्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको सेयर क्रस होल्डिङमा प्रतिबन्द लगाएको राष्ट्र बैंकको नेतृत्वले बैंक र बीमा परिपूरक क्षेत्र भएकोले परिपूरक क्षेत्रमा गरिएको क्रशहोल्डिङले जोखिम बढाउने संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment