Comments Add Comment

बीमा समितिको अगुवाईमा बीमा तालिम इन्स्टिच्युट सञ्चालन

६ साउन, काठमाडौं । मुलुकमा सञ्चालित बीमा कम्पनीहरु र बीमा कम्पनीको नियमनकारी निकाय बीमा समितिको संयुक्त लगानीमा बीमा तालिम इन्स्टिच्युट सञ्चालनमा आएको छ । आइतबार आयोजित एक समारोहकाबीच समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले इन्स्टिच्युटको उद्घाटन गरे ।

इन्स्टिच्युटले बीमा सम्बन्धी विभिन्न तालिमहरु दिएर दक्ष कर्मचारी उद्पादन गर्ने बताइएको छ । विगत ५० वर्ष अघिदेखिको योजना स्वरुप समितिका अध्यक्ष चापागाईंको सक्रियतामा इन्स्टिच्ुट सञ्चालनमा ल्याइएको हो ।

बीमा क्षेत्रमा दक्ष कामदारको अभाव रहेको भन्दै त्यो अभावलाई पूर्ति गर्ने उद्देश्यसहित इन्स्टिच्युट सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष चापागाईंले बताए । तालिममका लागि भारतीय बीमा संस्थान (आईआईआई) सँग पनि सहकार्य गरिने उनले जानकारी दिए ।

इन्स्टिच्युटलाई केहि दिनमै कम्पनी रजिष्टारको कार्यालय दर्ता गर्ने समितिको तयारी छ । समितिका निर्देशक राजुरमण पौडेल अध्यक्ष एवं बीमा कम्पनीका सीईओहरु एनपी प्रधान, विवेक झा, श्रीनाथ पाण्डे र दिपप्रकाश पाण्डे सञ्चालक रहने गरी इन्स्टिच्युटको तदर्थ समिति गठन गरिएकोे छ ।

तदर्थ समितिका अध्यक्ष पौडेलले इन्स्टिच्युटको प्रमुख कार्यकारी अधिकृतमा बीमा बिज्ञ भोजराज शर्मालाई नियुक्त गरेका छन् ।

इन्स्टिच्युटको चुक्ता पुँजी १ करोड रुपैयाँ रहने अध्यक्ष पौडेलले बताए । पौडेलका अनुसार बीमा समितिको २२ लाख र ३९ वटा जीवन तथा निर्जीवन बीमा कम्पनीको प्रतिकम्पनी २ लाखका दरले ७८ लाख रुपैयाँ इन्स्टिच्युटमा लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment