Comments Add Comment

बिजनेस प्रमुख

List Grid
चालु खाता फेरि घाटामा, अर्थतन्त्रलाई कस्तो असर पर्ला ?

५ माघ, काठमाडौं । चालु खाता सधैं जसो घाटामा रहने गरेकोमा कोरोना महामारीपछि अवस्था फरक बन्यो । गत आर्थिक वर्षको अन्त्यसम्म पनि देशमा चालु खाता घाटामै थियो । चालु आर्थिक वर्षको सुरुवाती अवस्थादेखि भने चालु खातामा सुधार भएको देखिएको थियो । चालु आवको पहिलो महिना साउनदेखि नै बचतमा गएको चालु खाता आर्थिक वर्षको पहिलो चौमास […]

झ्याप्प-झ्याप्प विद्युत् काटिने समस्याबारे प्रधानमन्त्री कार्यालयमा बैठक

२७ पुस, काठमाडौं । पछिल्ला दिनमा झ्याप्प-झ्याप्प विद्युत धेरै जाने क्रम बढेको भन्दै प्रधानमन्त्री कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग जानकारी मागेको छ । कार्यालयमा नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपाने, काठमाडौं उपत्यकाका सबै वितरण केन्द्रका प्रमुखलाई बोलाएर विद्युत आपूर्तिको अवस्था र लाइन जाने क्रम बढेकोबारे जानकारी मागिएको हो । […]

माघ ७ देखि तातोपानी नाका ३ साता बन्द हुने

२६, पुस, काठमाडौं । तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२० जनवरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । ‘बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २० जनवरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ […]

मर्मत गर्दा भएको गल्ती लुकाउन अन्डरग्राउन्ड लाइनलाई दोष !

२४ पुस, काठमाडौं । भूमिगत गरिएको विद्युत लाइन खतरनाक हुने बताउँदै ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गत आइतबार एउटा दृष्टान्त दिँदै भनेका थिए, ‘कति साथीहरु मर्ने हुन्, अहिले कुलमानजीहरुले अन्डरग्राउन्ड बिजुली बनाउँदैछन् । अस्ति महाराजगञ्जमा अन्डरग्राउन्डको सट भयो । अहिले बन्द गराएर माथिबाट ल्याइयो । अहिले तलको बन्द गरियो । झन् खतरा भो । अब यस्तो गर्दिया […]

स्वदेशी तयारी पोशाक उद्योगः कोरोनाले जुराइदियो अवसर

१९ पुस, काठमाडौं । काठमाडौंको नयाँबजारस्थित एजी यूनिक तयारी पोशाक उद्योगले पुरुष जिन्स, कटन पाइन्ट, वीन चिटर र हाफप्यान्ट उत्पादन गर्छ । १० लाख लगानीमा २०७२ सालमा सुरु भएको यो उद्योगको पुँजी अहिले ५० लाख पुगेको छ । ६ कर्मचारीबाट सुरु भएको उद्योगमा अहिले ९० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सुन्दा अपत्यार लाग्न सक्छ, […]

अब फोरजीमा आधारित भ्वाइस सेवा, आवाजको गुणस्तर बढ्ने

१८ पुस, काठमाडौं । नेपाल टेलिकमले अब फोरजी (एलटीई) प्रविधिमा उच्च गुणस्तरीय भ्वाइस सेवा दिने भएको छ । परीक्षणमा रहेको यो सेवा सुरु भएपछि टेलिकमको जीएसएम मोबाइल सेवाका सेवाग्राहीले अहिलेको भन्दा स्तरीय भ्वाइस सेवा पाउन सक्ने कम्पनीको दावी छ । अहिले टेलिकमले भ्वाइस सेवा टीडीएम प्रविधिमा दिइरहेको छ । यो सेवा सुरु भएपछि भ्वाइस सेवा […]

अधिक तरलता र कर्जाको गुणस्तर

कोभिड-१९ को नकारात्मक प्रभावले गर्दा हामी सबै असहज स्थितिबाट गुज्रिरहेका छौं । अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भएता पनि केही क्षेत्र बाहेक अधिकांश क्षेत्रहरु हाल संचालनमा आएकाले आशाको सञ्चार भएको छ । व्यवसाय पुनरुत्थानको लागि आवश्यक रकमको सहज उपलब्धता, कर्जाको कम ब्याजदर, कर्जाको पनर्तालिकीकरण र पूनरसंरचनाको व्यवस्था आदिका कारण पनि हाम्रो अर्थतन्त्र […]

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

१४ पुस, काठमाडौं । भारतले नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिवन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्र्तगतको बाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ । साढे ३ महिनापछि सोमबार प्रतिबन्ध हटाउने निर्णय भारतले गरेको जानकारी प्राप्त भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । ‘भारतीय […]

मल अभावका बीच धान उत्पादन अहिलेसम्मकै उच्च

१४ पुस, काठमाडौं । धान रोपेपछि किसानले मलको चरम अभाव झेले पनि देशभर चैते र वर्षे धानको उत्पादन भने उल्लेख्य वृद्धि भएको छ । यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको छ जुन गत वर्षभन्दा ७० हजार ८३१ टन बढी हो । यो वर्षको धानको उत्पादकत्व पनि हालसम्मकै उच्च ३.८२ पुगेको […]

पर्यटनमा भानुभक्तको इन्ट्री : स्वास्थ्यमा विवादित बनेका मन्त्री पुरस्कृत !

१२ पुस, काठमाडौं । महत्वाकांक्षी लक्ष्यसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका योगेश भट्टराई १७ महिनामै बिदा भए । जाँदाजाँदै उनले भने, ‘मेरो १७ महिने कार्यकालमध्ये १० महिना कोरोनाका कारण कठिन परिस्थितिको सामना गर्नुपर्‍यो, लक्ष्यअनुसार काम गर्ने वातावरण नै बनेन ।’ हुन पनि यो बीचमा पर्यटनमन्त्रीको हैसियतका रुपमा योगेशसँग ठ्याक्कै देखाउन सक्ने नजिता […]

लिलामी हुनबाट जोगियो उखु कृषक गगनदेवको जायजेथा

१२ पुस,काठमाडौं । मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत ललामीबाट जोगिएको छ । सामाजिक अभियान्ताहरुले जुटाइएको सहयोग र चिनी मिलले तिरेको पैसाले धितो लिलामी नहुने निश्चित भएको अभियान्ता नवीन यादवले बताए । ‘आइतबारसम्म गगनदेवको खातामा पाँच लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ, अब लिलामी […]

कमला-कञ्चनरुप सडक चार लेनको बनाउने ठेक्का चिनियाँ कम्पनीलाई

११ पुस,काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तरगत धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्मको सडक चार लेनमा विस्तारको लागि ठेक्का लागेको छ । सडक विभागको एडीबी निर्देशनालयका अनुसार करिब १५ अर्बमा काम सक्ने गरी चिनियाँ कम्पनीले ठेक्का पाएको हो । चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीले यो सडक विस्तारका दुबै खण्डमा ठेक्का पाएको निर्देशनालयका प्रमुख दीपक श्रेष्ठले बताए । […]

तारेभीर : पारिलो घाम ताप्दै काठमाडौंको दृष्यपान

काठमाडौंको घनावस्तीमा गुम्सिरहँदा तपाईलाई लाग्छ, उपत्यका कंक्रिटको जंगल हो । यहाँ अब खाली जमिन नै बाँकी छैन । तर, काठमाडौंबाट २-३ घण्टा मात्र पैदलयात्रा गर्नुभयो भने फरक माहोलमा रम्न पुग्नुहुनेछ । हामी कुरा गर्दैछौं, काठमाडौंको उत्तरी भेगमा पर्ने डाँडा तारेभीरको । शिवपुरी राष्ट्रिय निकुञ्जकै एक भाग हो तारेभीर । त्यहाँबाट स्पष्ट देखिन्छ, काठमाडौंका दुई स्वरुप […]

बैंकहरुलाई ऋण उठाउनै सकस, न्यायाधिकरणमा मुद्दाका चाङ

१० पुस, काठमाडौं । कोरोना र लकडाउनका कारण उत्पन्न प्रतिकुल परिस्थितिले वाणिज्य बैंकहरुलाई ऋण उठाउन धौ-धौ पर्न थालेको छ । आर्थिक संकटले थिचिएका ऋणीहरुलाई बैंकहरुले धेरै कस्न सक्ने अवस्था पनि छैन । बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा नतिर्नेहरुको संख्या पछिल्ला केही वर्ष यता बढ्दै गएको थियो । त्यसमाथि कोरोनाका कारण उद्योग व्यवसाय धराशायी बनेपछि बैंकहरुको […]

धानको उत्पादन ७० हजार मेट्रिक टनले बढ्यो

२८ साउन, काठमाडौं । धानको उत्पादन गतवर्ष भन्दा ७० हजार मेट्रिकटनले बढेको छ । देशभरबाट प्राप्त धान उत्पादनको तथ्याङ्कमा उत्पादन बढेको पाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि तथ्याङ्क प्राविधिक समितिको बैठकबाट पारित आर्थिक वर्ष ०७७/७८ को धान उत्पादन तथ्याङ्क अनुसार यस वर्ष नेपालमा ५६ लाख २० हजार मेक्ट्रिकटन भन्दा धेरै धान […]

सेयर बजारमा नाटकीय उतार-चढाव, दोधारमा लगानीकर्ता !

६ पुस, काठमाडौं । देशको राजनीतिमा हलचल भएको दोस्रो दिन सेयर बजारमा नाटकीय उचारचढाव देखियो । दिनभर तीव्र उतार-चढाव देखिएर बजार अन्नतः ३०.३३ अंक बढेरै बन्द भएको छ । आइतबार मन्त्रिपरिषद्का् सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेकी थिइन् । यो घटनापछि आइतबारको सेयर बजारमा ९६ अंकको पहिरो गयो । राजनीतिक सरगर्मी कायमै अवस्थामा सोमबारको […]

आईपी टिभीमार्फत एपबाट हुने प्रसारण रोक्न माग गर्दै सर्वोच्चमा रिट

६ पुस, काठमाडौं । एन्ड्रोइड आईपी टिभी बक्समार्फत एप्लिकेसनबाट हुने विज्ञापनरहित टिभी/भिडियो प्रसारण रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।  इन्टरनेट सेवा प्रदायक कम्पनीले पछिल्लो समयमा इन्टरनेटसँगै दिने गरेको आईपी टिभी सेवामा अवैध एप प्रयोग भएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो । अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले विज्ञापन नियमन गर्ने ऐन, राष्ट्रिय प्रसारण […]

सेयर बजारमा पर्ला राजनीतिक हलचलको प्रभाव ?

५ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे देखियो । नेपाल स्टक एक्सचेञ्ज्मा कारोबार हुने धेरै कम्पनीहरुको सेयर मूल्य घट्यो । तर सबै कम्पनीहरुको भने घटेको छैन । केही यस्ता कम्पनीहरु छन् आइतबार अधिकांशको मूल्य घट्दा पनि ति कम्पनीहरुको सेयर मूल्य करिब १० प्रतिशतले उकालो लाग्यो । जस्तो युनाइटेड इदी मार्दी आरबी […]

उखु किसान र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता सुरु

५ पुस, काठमाडौं । ८ दिनदेखि आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता सुरु भएको छ । उद्योग मन्त्रालयमा जारी वार्तामा उखु किसान प्रतिनिधि र मन्त्रालयका दुई जना सचिव सहभागी छन् । वार्ता समझदारी उन्मुख रहेको उखु किसानका तर्फबाट बार्तामा सहभागी राकेश मिश्रले बताए । केही मिलले थालेको किसानको भुक्तानी निरन्तरता र अन्य मिलबाट बाँकी बक्यौता […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंक : इतिहासकै ठूलो आईपीओ यही पुसमा !

४ पुस, काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्न भन्दै नेपालका अन्य बैंकहरुको भन्दा ठूलो पुँजीको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) स्थापना गरिएको दुई वर्ष पुग्न लागेको छ । पूर्वाधार विकासलाई गति दिने मुख्य उद्देश्य लिएको इन्फ्रास्ट्रक्चर बैंकले २८ माघ २०७५ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र पाएर २०७५ फागुन २२ बाट वित्तीय कारोबार […]

माउन्टेन गाइडलाई पनि सरकारले लाइसेन्स दिने

३ पुस, काठमाडौं । सरकारले अब माउन्टेन गाइडलाई समेत आधिकारिक लाइसेन्स  वितरण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले अब लाइसेन्स नलिएका व्यक्तिले हिमाल आरोहणको काम गर्न नपाउने गरी कानूनि संरचना बनाएको हो । यससँगै लाइसेन्स वितरणको तयारी गरिएको विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् । ‘कानूनी संरचना तयार भयो’,उनले […]