+
+
Shares

यातायात मजदुर र रोजगारदातालाई सरकारको आह्वान : सामाजिक सुरक्षा कोषबाट लाभान्वित बन

यातायात क्षेत्रमा कार्यरत श्रमिकको पेसागत सुरक्षा, भविष्यको सुनिश्चितता तथा भइपरी आउने जोखिम न्यूनीकरणका लागि कोषमा आबद्ध हुन सरकारले आह्वान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १८:४३

११ मंसिर, काठमाडौं । सरकारले सबै यातायात रोजगारदाता र मजदुरलाई सामाजिक सुरक्षा कोषका सुविधाबाट लाभान्वित हुन आह्वान गरेको छ ।

सामाजिक सुरक्षा दिवसका अवसरमा यातायात व्यवस्था विभागले यस्तो आह्वान गरेको हो । यातायात क्षेत्रमा कार्यरत श्रमिकको पेसागत सुरक्षा, भविष्यको सुनिश्चितता तथा भइपरी आउने जोखिम न्यूनीकरणका लागि कोषमा आबद्ध हुन सरकारले आह्वान गरेको हो ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अनुसार उपचार खर्च प्राप्त हुन्छ । दुर्घटना अशक्तता सुरक्षा योजना अन्तर्गत कार्यस्थल वा सवारी दुर्घटनामा परे सम्पूर्ण उपचार खर्च तथा अंगभंग भई अशक्त भए आजीवन पेन्सन सुविधा कोष छ ।

योगदानकर्ताको मृत्यु भए निजको पति वा पत्नीलाई आजीवन पेन्सन, सन्ततिलाई शैक्षिक वृत्ति तथा संस्कार खर्च उपलब्ध हुन्छ । अवकाशपछिको जीवनयापनका लागि पेन्सन तथा अवकाश सुविधा योजनाबाट लाभान्वित हुन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?