+
+
Shares

यामाहा चङ्गाचेट अफर : बुटवलकी सरस्वतीले जितिन् १० लाख, पोखराका तेजबहादुरलाई ‘आर १५’ बाइक

अफर अन्तर्गत खरिद गर्ने ग्राहकलाई साप्ताहिक लक्की ड्रमार्फत एप्पलका विभिन्न ग्याजेट जित्ने अवसर समेत दिइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १९:२३

९ मंसिर, काठमाडौं । यामाहा नेपालले दसैंतिहार लक्षित ‘चङ्गाचेट जितौं १० लाखसम्म’ अफर अन्तर्गत विजेतालाई पुरस्कार प्रदान गरेको छ ।

एमएडब्लू राइड्स प्रालिले आज काठमाडौंमा कार्यक्रम आयोजना गरी अफरमा १० लाख रुपैयाँ जितेकी बुटवलकी सरस्वती खनाल रायमाझीलाई पुरस्कार हस्तान्तरण गरेको हो । उनले यामाहाको रेजजेडआर १२५ स्कुटर खरिद गर्ने क्रममा लक्की ड्रमार्फत उक्त पुरस्कार जितेकी थिइन् ।

त्यस्तै अफर अन्तर्गत बम्पर लक्की ड्रबाट पोखराका तेजबहादुर थापा यामाहा ‘आर १५’ का विजेता बनेका छन् । उनले पोखरास्थित एमडब्लू इन्टरप्राइजेज प्रालिबाट रेजेडआर १२५ एफआई हाइब्रिड स्ट्रिट र्‍याल्ली स्कुटर खरिद गरेका थिए ।

रायमाझीले सुरुमा आफूले १० लाख रुपैयाँ जितेको खबर पत्याउन नसकेको बताइन् । मोबाइलमा ओटीपी सहित सन्देश आएपछि मात्रै पुरस्कार जितेको विश्वास लागेको उनको भनाइ छ ।

‘सुरुमा मलाई विश्वास नै लागेको थिएन, पछि मोबाइलमा म्यासेज आएपछि मात्रै साँच्चै जितेछु भन्ने भयो,’ उनले भनिन् ।

उनका अनुसार श्रीमानको सल्लाहमा पुरानो स्कुटर एक्स्चेन्ज गरेर यामाहाको स्कुटर खरिद गरेकी थिइन् । श्रीमानले यामाहाको माइलेज, इन्जिन क्षमता र अफरोडमा समेत सहज हुने विशेषताबारे जानकारी दिएपछि स्कुटर परिवर्तन गर्ने निर्णय गरेको उनले बताइन् ।

उनले स्कुटर खरिदका लागि फाइनान्स मार्फत लिएको रकम चुक्ता गरेपछि पुरस्कार रकमको केही हिस्सा च्यारिटीमा खर्च गर्ने सोच बनाएको पनि बताइन् ।

कार्यक्रममा यामाहा नेपालका सेल्स तथा बीटीएल मार्केटिङ प्रमुख शैलेन्द्र अधिकारीले अफर अन्तर्गत प्रिरजिस्ट्रेसन र सवारीसाधन खरिद दुवै चरणमा ग्राहकलाई पुरस्कार जित्ने अवसर दिइएको बताए ।

उनका अनुसार ग्राहकले घरमै बसेर मोबाइल, ल्यापटप वा कम्प्युटर मार्फत आफ्नो विवरण र आफूले खरिद गर्न चाहेको मोटरसाइकल वा स्कुटरको जानकारी राखेर प्रिरजिस्ट्रेसन गर्न सक्ने व्यवस्था थियो । प्रिरजिस्ट्रेसनपछि ओटीपी भेरिफिकेसन मार्फत १ लाख रुपैयाँसम्म जित्ने अवसर दिइएको थियो ।

त्यसैगरी शोरुमबाट मोटरसाइकल वा स्कुटर खरिद गर्दा थप १० लाख रुपैयाँसम्म जित्न सक्ने योजना राखिएको थियो । प्रिरजिस्ट्रेसन र खरिद बापत प्राप्त हुने पुरस्कार रकम जोडेर ग्राहकलाई पुरस्कार प्रदान गरिएको अधिकारीले बताए ।

अफर अन्तर्गत खरिद गर्ने ग्राहकलाई साप्ताहिक लक्की ड्रमार्फत एप्पलका विभिन्न ग्याजेट जित्ने अवसर समेत दिइएको थियो ।

त्यस्तै अफरको अन्त्यमा सहभागीमध्ये एक जनालाई बम्पर उपहार स्वरूप यामाहा आर १५ प्रदान गर्ने प्रतिबद्धता अनुसार लक्की ड्र गरिएको अधिकारीले बताए ।

कार्यक्रममा बम्पर उपहार विजेता तेजबहादुर थापाको नाम चिठ्ठामार्फत सार्वजनिक गरिएको थियो । निष्पक्षता र पारदर्शिता कायम गर्न मिडियाकर्मी, इन्फ्लुएन्सर, क्रिएटर, डिलर प्रतिनिधि तथा कम्पनीका कर्मचारीको उपस्थितिमा लक्की ड्र गरिएको कम्पनीले जनाएको छ ।

यसअघि यामाहा ब्लु फेस्ट अन्तर्गत ‘एफजेडएस’ खरिद गरेका सुवास नेपालले पनि १ लाख ३ हजार रुपैयाँ क्यासब्याक जितेका थिए । रामेछाप घर भई काठमाडौंमा बस्दै आएका नेपालले पुरानो यामाहा मोटरसाइकल एक्स्चेन्ज गरेर नयाँ मोटरसाइकल खरिद गर्ने क्रममा उक्त रकम प्राप्त गरेका हुन् ।

उनले यामाहाका मोटरसाइकलको माइलेज र पिकअपबाट प्रभावित भएर पुन: यामाहाकै मोटरसाइकल रोजेको बताए । एक्स्चेन्जमा राम्रो मूल्यांकन र क्यासब्याक समेत पाएपछि आफू खुसी भएको उनको भनाइ छ ।

यामाहा नेपालले अफरमा सहभागी भएर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई धन्यवाद दिँदै प्रत्येक बिक्रीबाट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम छुट्याइएको पनि जनाएको छ ।

 

तस्बिर/भिडियो : कमल प्रसाईं/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?