+
+
Shares

भाटभटेनी टंगाल शाखा आजदेखि चाैबिसै घण्टा खुला

ग्राहकहरूले रातिको समयमा पनि किनमेल गर्न सकुन् भन्ने उद्देश्यले टंगाल शाखा चौबिसै घण्टा खुला गरिएकाे भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते ९:३४

१ भदौ, काठमाडौं । भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा खुला भएकाे छ ।

ग्राहकहरूले रातिको समयमा पनि किनमेल गर्न सकुन् भन्ने उद्देश्यले टंगाल शाखा चौबिसै घण्टा खुला गरिएकाे भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए ।

भक्तपुरको राधेराधेबाट भाटभटेनीको चौबिसघण्टे सेवा सुरु भएको थियो ।

४२ वर्षअघि व्यवसायी मिनबहादुर गुरुङले काठमाडौं टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरका हाल देशभरि २७ वटा स्टोर सञ्चालनमा छन् । भाटभटेनीले वार्षिक ३२ अर्ब रुपैयाँ बराबर आम्दानी गर्दै आएको छ भने सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । जसबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबर क्षति भएको थियो ।

त्यति ठूलो क्षति हुँदाहुँदै पनि भाटभटेनीले एक जनाको पनि रोजगारी नखोसी पुन: लगानी गरेर लगभग सबै स्टोर सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

टंगालस्थित भाटभटेनी सुपरस्टोर पनि जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी गत असोज ५ गतेदेखि टंगाल शाखा ग्राहकहरूका लागि औपचारिक रूपमा खुला गरिएको थियो ।

टंगालको सोही भाटभटेनी सुपरमार्केट आजदेखि चौबिसै घण्टा खुला गरिएकाले ग्राहकहरूले आफ्नो अनुकूल समयमा किनमेल गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?