१३ मंसिर, काठमाडौं । स्थानीय बजारमा प्याजको भाउ घटेको छ ।
केही समयअघि निरन्तर बढेको प्याजको भाउ पछिल्लो समय घट्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुुसार हिजो शनिबारको तुलनामा प्याजको भाउ थोकमा प्रतिकिलो औसत १२ रुपैयाँ घटेको छ ।
हिजो शनिबार प्याज प्रतिकिलो न्यूनतम ८५ देखि अधिकतम ९० र औसत ८७ रुपैयाँमा किनबेच भएको थियो ।
आज आइतबार भने प्याज प्रतिकिलो न्यूनतम ७० देखि अधिकतम ८० र औसत ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा नेपाली बजारमा पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4