News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजारमा सुकेको प्याजको थोक मूल्य प्रतिकिलो औसत ६ रूपैयाँले बढेको छ।
- शुक्रबार प्याजको थोक मूल्य न्यूनतम ६० देखि अधिकतम ६४ रूपैयाँसम्म पुगेको छ।
- भारतीय बजारमा प्याजको मूल्यमा भएको घटबढका कारण नेपाली बजार प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।
२९ साउन, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ बढेको देखाएको हो ।
आज शुक्रबार प्याजको भाउ प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । हिजो बिहीबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ५४ देखि अधिकतम ५८ र औसत ५६ रुपैयाँमा किनबेच भएको थियो ।
आज शुक्रबार भने प्याजको भाउ प्रतिकिलो थोकमा न्यूनतम ६० देखि अधिकतम ६४ र औसत ६२ रुपैयाँ कायम छ ।
असार अन्तिम साता प्याज प्रतिकिलो थोकमा न्यूनतम ५३ देखि अधिकतम ५५ र औसत ५४ रुपैयाँमा किनबेच भएको थियो ।
अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा नेपाली बजारमा पनि मूल्य घटबढ हुने व्यवसायीहरू बताउँछन् ।
थोक मूल्य बढेसँगै बजारमा प्याजको खुद्रा मूल्य पनि बढेको छ ।
प्रतिक्रिया 4