News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले जेनजी आन्दोलनमा संलग्न भई पक्राउ परेकाहरूको मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।
- कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहसचिव राजकुमार श्रेष्ठले उक्त विषयमा प्रतिवेदन तयार भइरहेको जानकारी गराए।
- गृहसचिव श्रेष्ठले प्रतिवेदनको सिफारिसका आधारमा मात्र सरकारले मुद्दा फिर्तासम्बन्धी आवश्यक निर्णय लिने बताए।
२९ साउन, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा सम्लग्न भएका र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गर्दैछ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठका अनुसार, यो विषयमा छुट्टै समिति नै बनेर अध्ययन भइरहेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृह सचिव श्रेष्ठले यसबारे जानकारी गराएका हुन् ।
बैठकमा समिति सभापति समिक्षा बास्कोटाले जेनजी आन्दोलनका क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा के भइराखेको छ ? भनेर सोधेकी थिइन् ।
जवाफमा गृहसचिव श्रेष्ठले अध्ययन भइरहेको बताएका हुन् ।
जेनजी आन्दोलनको क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा समिति गठन भएर काम भइरहेको उनले जानकारी गराए ।
‘कति मुद्दा छन्, कस्तो अवस्थामा छन् र कसरी मुद्दा फिर्ता हुनसक्छ भनेर प्रतिवेदन तयार भएर सिफारिस भएपछि उक्त सिफारिसका आधारमा निर्णय हुन्छ,’ उनले भने ।
प्रतिक्रिया 4