+
+
Shares

जेनजी आन्दोलनमा संलग्न र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गर्दै सरकार

प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा गृह सचीव श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जेनजी आन्दोलनमा संलग्न भई पक्राउ परेकाहरूको मुद्दा फिर्ता लिने विषयमा अध्ययन गरिरहेको छ ।
  • कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहसचिव राजकुमार श्रेष्ठले यस्तो जानकारी दिए ।
  • गृहसचिव श्रेष्ठका अनुसार मुद्दाको अवस्थाबारे समितिले प्रतिवेदन तयार पारेपछि सोही सिफारिसका आधारमा सरकारले निर्णय गर्नेछ ।

२९ साउन, काठमाडौं । सरकारले जेनजी आन्दोलनमा संलग्न भएका र पक्राउ परेकाको मुद्दा फिर्ताबारे अध्ययन गरिरहेको छ । गृह मन्त्रालयका सचीव राजकुमार श्रेष्ठका अनुसार यो विषयमा छुट्टै समिति बनेर अध्ययन भइरहेको हो ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा गृह सचीव श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

बैठकमा समिति सभापति समीक्षा बास्कोटाले जेनजी आन्दोलनका क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा के भइरहेको छ भनेर सोधेकी थिइन् ।

जवाफमा गृहसचीव श्रेष्ठले अध्ययन भइरहेको बताएका हुन् ।

जेनजी आन्दोलनको क्रममा भएका सहमति र पक्राउ परेकाहरूको सन्दर्भमा समिति गठन भएर काम भइरहेको जानकारी उनले दिएका हुन् ।

गृह सचीव श्रेष्ठले भनेका छन्, ‘कति मुद्दा छन्, कस्तो अवस्थाम छन् र कसरी मुद्दा फिर्ता हुन सक्छ भनेर प्रतिवेदन तयार भएर सिफारिस भएपछि उक्त सिफारिसका आधारमा निर्णय हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?