+
+
Shares

एक महिनामा प्याजको भाउ ३० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते ११:३९

२४ असार, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ निरन्तर वृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले एक महिना अवधिमा सुकेको प्याजको भाउ ३० प्रतिशले वृद्धि भएको देखाएको हो ।

एक महिना अवधिमा प्याजको भाउ किलोमा औसत १३ रुपैयाँ बढेको छ । एक महिनाअघि २४ जेठमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४३ र औसत ४१ रुपैयाँमा किनबेच भएको थियो ।

आज बुधबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ५३ देखि अधिकतम ५५ र औसत ५४ रुपैयाँमा किनबेच भइरहेको छ । प्याजको भाउ आपूर्तिका आधारमा घटबढ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?