News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा शुक्रबार सुकेको प्याजको थोक मूल्य प्रतिकिलो औसत ४ रुपैयाँले बढेर ४९ रुपैयाँ पुगेको छ ।
- बिहीबार प्रतिकिलो औसत ४५ रुपैयाँमा बिक्री भएको प्याजको मूल्य शुक्रबार न्यूनतम ४८ देखि अधिकतम ५० रुपैयाँसम्म कायम भएको छ ।
५ असार, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार सुकेको प्याजको भाउ बढेको देखाएको हो ।
आज प्याजको भाउ प्रतिकिलो औसत ४ रुपैयाँ बढेको छ । हिजो बिहीबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि अधिकतम ४७ र औसत ४५ रुपैयाँमा किनबेच भएको थियो ।
आज शुक्रबार भने प्याजको भाउ प्रतिकिलो थोकमा न्यूनतम ४८ देखि अधिकतम ५० र औसत ४९ रुपैयाँ कायम छ । प्याजको भाउ आपूर्तिका आधारमा घटबढ हुन्छ । प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुने व्यवसायीहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4