+
+
Shares

यती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा युवराज विष्ट नियुक्त भएका छन् ।
  • विष्ट यसअघि कम्पनीमा प्रमुख विजनेश अफिसर र उत्तरदायी प्रवन्धक थिए ।
  • उनी सन् २००९ देखि यती एयरलाइन्समा आवद्ध हुँदै उड्डयन क्षेत्रमा १७ वर्षभन्दा लामो अनुभव बटुलेका छन् ।

१ मंसिर, काठमाडौं । यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज विष्ट नियुक्त भएका छन् । यसअघि उनी कम्पनीमै प्रमुख विजनेश अफिसर (सीबीओ) र उत्तरदायी प्रवन्धकका रुपमा कार्यरत थिए ।

उनी सन् २००९ देखि नै यस कम्पनीमा आवद्ध छन् । म्यानेजमेन्ट ट्रेनीका रुपमा प्रवेश गरेका उनी यती एयरलाइन्सको नेतृत्वमा पुग्न सफल भएका हुन् । उनीसँग उड्डयन क्षेत्रमा १७ वर्षभन्दा लामो अनुभव छ ।

यती एयरलाइन्स निजी लगानीको वायुसेवा कम्पनी हो । साढे दुई दशकदेखि नेपाली आकासमा निरन्तर सेवा दिइरहेको यतीले नेपालका मुख्य गन्तब्यहरूमा उडान सेवा पुर्‍याइरहेको छ । यतीको भगिनी तारा एयरले दुर्गम भेगका विमानस्थलमा उडान सेवा दिइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?