+
+
Shares

यती एयरलाइन्सको चार्टर फ्लाइटबाट जगद्गुरु शंकराचार्य नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती सन्निधानम् धार्मिक विजय यात्रामा सहभागी हुन जेठ ९ गते नेपाल आउने कार्यक्रम छ।
  • यती एयरलाइन्सले उनलाई भारतको मंगलुरु विमानस्थलबाट चार्टर फ्लाइटमार्फत् नेपाल ल्याउने जनाएको छ।
  • धार्मिक विजय यात्रा जेठ ८ देखि १४ गतेसम्म पशुपतिनाथ मन्दिर परिसरमा विभिन्न आध्यात्मिक कार्यक्रमहरूसहित सञ्चालन हुने आयोजकले बताएको छ।

८ जेठ, काठमाडौं । जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती सन्निधानम् ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउने भएका छन् । उनी जेठ ९ गते यती एयरलाइन्सको चार्टर फ्लाइटमार्फत् नेपाल आइपुग्ने कार्यक्रम छ ।

यती एयरलाइन्सका अनुसार उनलाई नेपाल ल्याउनका लागि जहाज भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ ।

उक्त धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधिहरू आयोजना गरिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?