१२ भदौ, काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री निःशुल्क हवाई ढुवानी गर्ने भएको छ।
त्यस्तै, कम्पनीले यात्रुका लागि न्यूनतम भाडादरमा दिँदै आएको सेवा केही दिन अझै निरन्तरता दिने जनाएको छ।
प्राकृतिक विपद्का कारण सडक तथा अन्य यातायात सेवा प्रभावित भइरहेका बेला हवाई यात्रामा समेत चाप बढेको छ। यस्तो अवस्थामा यात्रुमाथि पर्ने आर्थिक भार कम गर्न न्यूनतम भाडादर कायम गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4