१ मंसिर, काठमाडौं । तीन सयको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले उक्त रकम जितेका हुन् । उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान किनेका थिए ।
सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मका करदाता प्रोत्साहन उपहार घोषणा गर्दा उनले १० लाख पुरस्कार हात पारेका हुन् । करदाता प्रोत्साहन घोषणा गभर्नर विश्वनाथ पौडेलले घोषणा गरेका हुन् ।
राष्ट्रिय कर दिवसका अवसरमा नयाँ बिजेता घोषणा गरिएको हो, सो अवसरमा यसअघिका विजेताहरुलाई पनि सम्मान गरिएको छ ।
यसअघिका विजेता सन्चमाया तामाङ र गौरी सङ्कर पन्डितलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4