+
+
Shares

यी हुन् भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता (नामसहित)

१ देखि १५ भदौको बम्पर विजेता लक्ष्मण सुनार र १५ देखि ३१ भदौबीचको बम्पर विजेता विवेक बिके रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्तरिक राजस्व विभागले भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक गरेको छ ।
  • १ देखि १५ भदौको बम्पर विजेता लक्ष्मण सुनार र १५ देखि ३१ भदौको बम्पर विजेता विवेक बिके भएका छन्, दुवैले १०–१० लाख रुपैयाँ पाएका छन् ।
  • विभागले १ देखि १५ भदौसम्मका १४ विजेताले १–१ लाख रुपैयाँ पाउने र उपहार दाबी १५ दिनभित्र गर्नुपर्ने बताएको छ ।

२ असोज, काठमाडौं । भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक भएको छ । आन्तरिक राजस्व विभागले बिहीबार उपहार घोषणा गरेको थियो ।

जसअनुसार १ देखि १५ भदौको बम्पर विजेता लक्ष्मण सुनार रहेका छन् । १५ देखि ३१ भदौबीचको बम्पर विजेता विवेक बिके रहेका छन् । उनीहरू दुवै जनाले १०–१० लाख रुपैयाँ प्राप्त गरेका छन् ।

विभागका अनुसार १ देखि १५ भदौसम्मका विजेतामध्ये १४ जनाको नाम सार्वजनिक भएको छ । उनीहरू प्रत्येकले १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

एक जना विजेता भने प्रधानमन्त्री राहत कोषमा योगदान गरेका व्यक्ति परेसँगै उनी अयोग्य भएका थिए ।

विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३ को प्रक्रिया पूरा गरेपछि मात्र पुरस्कार प्राप्त गरिने बताएको छ । उपहारको दाबी १५ दिनभित्र गरिसक्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?