१५ असोज, काठमाडौं । आन्तरिक राजस्व विभागले पाक्षिक रूपमा सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत २०८३ आश्विन १ देखि १५ सम्मको उपहार कुपन १६ असोजमा खोलेर विजेता घोषणा गरिने भएको छ ।
उक्त अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले १५ असोज बिहीबारभित्र prize.ird.gov.np मा गई खरिद बिलसम्बन्धी विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन् ।
उपहार कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले सम्पूर्ण उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन विभागले अनुरोध गरेको छ ।
सबै व्यवसायीलाई वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य बिक्री बिलबिजक जारी गर्न समेत सूचित गरिएको छ ।
प्रतिक्रिया 4