+
+
Shares

प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघ टोली प्रस्थान

भ्रमण क्रममा नेपाल-भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १३:२३

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघ टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।

महासंघ अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको उक्त टोलीलाई महासचिव शिवहरि घिमिरे सहित पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए ।

प्रधानमन्त्री शाहको आजदेखि सुरु हुने दुई दिने भारत भ्रमणमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी सहितको टोली पनि भ्रमणमा जाँदैछ ।

भ्रमण क्रममा नेपाल-भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?