+
+
Shares

घट्यो छठपछिको सेयर बजार, बढ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छठपछि खुलेको सेयर बजार १२.७९ अंकले घटेर नेप्से २६३६ अंकमा कायम भएको छ ।
  • आज कारोबार रकम ४ अर्ब ७३ करोड पुगेको छ, जुन अघिल्लो दिनको ३ अर्ब ५ करोडभन्दा बढी हो ।
  • अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य ११.८४ प्रतिशत बढ्दा एभरेस्ट कलरको मूल्य ५.३६ प्रतिशत घटेको छ ।

१ मंसिर, काठमाडौं । छठपछि खुलेको सेयर बजार दोहोरो अंकले झरेको छ । १२.७९ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६३६ अंकमा कायम भएको छ । आज ८६ कम्पनीको मूल्य बढेको छ भने १८५ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबारका क्रममा अधिकांश समय बजार रातो अंकमा रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ३ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७३ करोडको भयो ।

धेरैजसो समूहगत सूचक घटेका छन् । बैंकिङ ०.४७, विकास बैंक ०.८४, फाइनान्स ०.५५, होटल तथा पर्यटन १.२१, जलविद्युत् ०.३१, लगानी ०.२७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.६९, अन्य ०.५८, तथा व्यापार ०.०२ प्रतिशत घटे ।

अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्सको ६.००, अपोलो हाइड्रोपावरको ५.६५, माउन्ट एभरेस्ट पावरको ५.५०, सानीगढ हाइड्रोको ३.८० प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै एभरेस्ट कलरको ५.३६, सीवाईसी लघुवित्तको ४.८६, विजय लघुवित्तको ४.४९, बेनी हाइड्रोपावरको ४.१२ तथा स्वस्तिक लघुवित्तको ३.६६ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स पावर, स्वेतगंगा हाइड्रोपावर, हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?