+
+
Shares

२ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते ११:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय प्रणालीबाट ३ महिनाका लागि २ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ।
  • बैंक तथा वित्तीय संस्थामा बढ्दो अधिक तरलताका कारण ब्याजदर घट्दै गएको राष्ट्र बैंकले जनाएको छ।
  • चाडबाडमा रेमिट्यान्स आप्रवाह र आर्थिक गतिविधि बढेकाले वित्तीय प्रणालीमा तरलता थपिएको छ।

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ३ महिना अवधिको लागि सो रकम खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले बोल गर्ने न्यूनतम ब्याजदरलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले सो रकम खिच्ने गर्दछ । यसको साँवा तथा ब्याज भुक्तानी फागुन ५ गते हुने बैंकले जनाएको छ ।

चाडबाडको समयमा रेमिट्यान्स आप्रवाह बढ्ने तथा आर्थिक गतिविधि बढ्ने भएकाले बैंक तथा वित्तीय संस्थामा तरलता बढ्ने गर्छ । विगत देखिनै अधिक तरलता रहेको वित्तीय प्रणालीमा चाडबाडका समयमा भित्रिएको रेमिट्यान्सले झनै बढाएको हो ।

वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा कर्जाको माग घट्दा अधिक तरलता थुप्रिएको हो । यसले ब्याजदर समेत घट्दै गएको छ । अघिल्लो दिन मात्रै बैंकहरूले मंसिर महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?