+
+
Shares

असोजमै भित्रियो हालसम्मकै कीर्तिमानी आकारको रेमिट्यान्स  

राष्ट्र बैंकका अनुसार चालु आव २०८३/८४ को तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको असोजमा २ खर्ब ६७ अर्ब ३४ करोड रेमिट्यान्स भित्रिएको छ, जुन हालसम्मकै उच्च मासिक आप्रवाह हो ।
  • नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ ।
  • चालु आव असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति १ लाख २१ हजार ८ सय ७९ र पुनः श्रम स्वीकृति ८२ हजार ३ सय ६९ ले लिएका छन् ।

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष तेस्रो महिना अर्थात् असोजमा २ खर्ब ६७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै कीर्तिमानी अंक हो ।

मासिक रेमिट्यान्स आप्रवाह यसअघिको उच्च गत वैशाखमा २ खर्ब ५७ अर्ब भित्रिएको थियो । चालु आव असोजमा चाडबाड तथा रसुवा बाढीका कारण पनि रेमिट्यान्स आप्रवाह बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८३/८४ को तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेको थियो ।

२०८३ असोजमा रेमिट्यान्स आप्रवाह २ खर्ब ६७ अर्ब ३४ करोड छ । भदौमा २ खर्ब २१ अर्ब भित्रिएको थियो । गत आव असोजमा २ खर्ब १ अर्ब २२ करोड भित्रिएको थियो ।

चालु आव असोजमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशत वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष २९.२ प्रतिशत बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्स्फर) ७ खर्ब ६२ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड थियो ।

चालु आव असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २१ हजार ८ सय ७९ र पुन: श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३ सय ६९ छ ।

अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख २३ हजार ४ सय ५९ र ७७ हजार २ सय ५७ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?