Comments Add Comment

केपीले भने-बाँदरले जसरी घाउ नकोट्याऊँ

२७ साउन, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाँदरले जसरी पुराना घाऊ नकोट्याउन र मिलेर अघि बढ्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् ।

KP oliमंगलबार पार्टी मुख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवौं महाधिवेशनअघिका तीता कुरा बिर्सन आग्रह गरेका हुन् ।

‘पार्टीलाई एकतापूर्ण र बलियो बनाउन महाधिवेशनअघिका गुट र प्यानलका कुरा बिर्सेर अघि बढौं’, अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै भने, ‘अब बाँदरले घाउ कोट्याएजस्तो कोट्याउनु हुँदैन, मिलेर अघि बढ्नु नै उत्तम विकल्प हो ।’

बैठकका क्रममा ओलीले तीनपटक पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न आफू तयार रहेको बताएका थिए । बैठकपछि केन्द्रीय सदस्य पशुपति चौलागाईले अनलाइनखबरसँग भने- ‘पहिलो बैठकमा जस्तो असहज वातावरण आज देखिएन, अध्यक्षले पार्टीलाई एक बनाई भेदभाव नगर्ने सन्देश केन्द्रीय सदस्यलाई दिन खोज्नुभयो ।’

वामदेवको असहमति 

नवौं महाधिवेशनमा बराबरी मत ल्याएका चारैजनालाई केन्द्रीय सदस्य बनाउने पार्टीको निर्णयप्रति उपाध्यक्ष वामदेव गौतमले असहमति जनाएका छन् ।
केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष गौतमले यस्तो असहमति जाहेर गरेका हुन् । यद्यपि उनको असहमतिका बीच चारैजनालाई केन्द्रीय सदस्यमा लाने निर्णय भएको छ । ‘चारैजनालाई केन्द्रीय सदस्य बनाउने हो भने विधान संशोधन गरेर कि त केन्द्रीय समितिलाई १ सय ६१ सदस्यीय बनाउनुपर्‍यो’, बैठकमा उपाध्यक्ष गौतमले भने, ‘त्यसो गर्न नसक्ने हो भने गोलाप्रथामार्फत दुईजनालाई मात्र केन्द्रीय सदस्यमा ल्याउनुपर्‍यो ।’

बैठकले महाधिवेशनमा बराबरी मत ल्याउने खुल्लातर्फका खिमलाल भट्टराई र नागेन्द्र चौधरी तथा मुस्लिमतर्फका मोहमद मेहफुज अन्सारी र सिराजलाई केन्द्रीय सदस्यमा ल्याउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment