Comments Add Comment

श्रीकृष्णलाई सरकारी सम्मान दिलाउन के-के गरियो ?

meeting-sherr

आइतबार बिहान ५ बजे निर्देशक आकाश अधिकारीलाई नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर आएसँगै चलचित्र क्षेत्र स्तब्ध बन्यो । निर्माता सुनिल कुमार थापा, निर्देशक आकाश अधिकारी, नायिका झरना थापा, निर्देशक निर शाह र संचारकर्मी प्रकाश सुवेदी प्रज्ञा प्रतिष्ठानमा भेला भए ।

श्रीकृष्णको शवलाई नेपाल ल्याउन सरकारी सहयोग माग्ने तयारी चलचित्रकर्मीले गरे । निर्माता संघका अध्यक्ष राजकुमार राइलाई पनि यस बिषयमा जानकारी गराइएको थियो । सुरुवातमा पर्यटन मन्त्रीको घरमा चलचित्रकर्मीहरु पुगे । नेपालबाट आर.एको जहाज नउड्ने र एयर एम्बुलेन्समा शव नल्याइने भएकाले पनि कसरी श्रीकृष्णको पार्थिव शरीरलाई नेपाल ल्याउने भन्ने बिषयमा चलचित्रकर्मीहरु तल्लिन देखिए ।

पर्यटन मन्त्रीले परराष्ट्र मन्त्रीलाई भेट्ने समय मिलाइदिएपछि चलचित्रकर्मीहरु त्यता पुगेका थिए । परराष्ट्रमन्त्रीले शव ल्याउन पहल गर्ने भन्दै नेपालका लागि भारतका कायम मुकायम राजदुतलाई टेलिफोन गरिदिएका थिए । प्रज्ञा प्रतिष्ठानमा आइतबार नै श्रीकृष्णको शव ल्याएर सम्मान दिने तयारी गरिएको थियो । तर आइतबार शव नआउने भएपछि सोमबार बिहान सरकारी सम्मानका लागि फेरि चलचित्रकर्मी तातिएका थिए ।

shree-1

सोमबार आकाश अधिकारी, सुनिल कुमार थापा, राजकुमार राई, झरना थापा, प्रकाश सुवेदी, ऋषि धमला, चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैता संचारमन्त्रीकोमा पुगेका थिए । संचारमन्त्रीले सरकारी सम्मानका लागि सक्दो पहल गर्ने भन्दै गृहमन्त्री बामदेव गौतमका जान आग्रह गरे । निर्माता सुनिल कुमार थापा भन्छन्-‘ बामदेव गौतमले भेटमै सरकारी सम्मान दिने निर्णय गर्नुभयो । तर उहाँले आफू आउने या नआउने कुरा भने पक्का नभएको बताउनुभयो ।’

सरकारले प्रज्ञा प्रतिष्ठानमा झण्डा ओडाउने र सरकारी सम्मान नदिने भन्दै पशुपति आर्यघाटमा मात्र यस्तो सम्मान दिने गृहमन्त्रीले बताएका थिए । संचारमन्त्रीले राष्ट्रिय झण्डा ओडाउन आफू आउने बताएका थिए ।

निर्माता थापा भन्छन्, ‘कलाकारलाई सरकारले सरकारी सम्मान दिनुपर्छ भन्ने धारणा हाम्रो हो । श्रीकृष्ण जीलाई यस्तो सम्मान दिएपछि अब यसको नजिर बस्छ ।’ श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली दिन उपस्थित जनमानसले पनि नेपाली कलाकारप्रतिको सम्मान जनाउछ । योसँगै चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको चलचित्रकर्मीको वुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment