Comments Add Comment

‘शिशिर’ एल्बम सार्वजनिक

३ चैत, काठमाडौं ।गायक एवं सङ्गीतकार शिशिर योगीको एल्बम ‘शिशिर’ सार्वजनीक भएको छ। म्यूजिक नेपालको प्रस्तुती रहेको एल्बमको राजधानीमा एक कार्यक्रम गरेर लोकार्पण गरिएको हो ।

एल्बममा पुतली, तेरो मेरो, इतरी, जति चोट, हर रात, दिनको दिनै लगायत ९ वटा आधुनिक गीतहरु समावेश छन् । झण्डै २५ वर्षदेखि साङ्गीतिक क्षेत्रमा आवद्ध योगीको पहिचान एल्बम पनि म्यूजिक नेपालको सहकार्यमा बजारमा आएको थियो ।

एल्बममा रहेका ९ वटै गीतहरु योगीको स्वरमा रहेको छ भने बरिष्ठ रचनाकार सत्यमोहन जोशी, रत्नशमशेर थापा, कालीप्रसाद रिजालको रहेको छ । एल्बममा रहेका गीतमध्ये पुतली गीतको भने म्यूजिक भिडियो निर्माण भएको छ । र, त्यस भिडियोलाई म्यूजिक नेपालको युट्युव च्यानलमा हेर्न सकिन्छ साथै म्यूजिक नेपालकै एपमा पनि गीतहरु सुन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment