Comments Add Comment

पेरिसमा साउदी राजकुमार लुटिए

३ भदौ, पेरिस । पेरिसमा साउदी राजकुमारमाथि हतियारधारीले आक्रमण गरी २ लाख ५० हजार युरोसहित संवेदनशील कागजात लुटेको फ्रान्सेली प्रहरीले सोमबार जनाएको छ ।

आइतबार राति पेरिसको उत्तरी भागमा सो लुटपाट भएको हो । लुटपाटको समयमा साउदी राजकुमारको गाडीको समूह साँझ एलिजेस्थित सुविधासम्पन्न होटेलबाट विमानस्थल ल बुर्गेटतर्फ गइरहेको जानकारी प्रहरीले दिएको राजधानीलगायतका आजका दैनिक पत्रिकामा खबर छ ।

यस घटनामा कोही पनि घाइते नभएको बताइएको छ । दुई बीएमडब्लु गाडीमा आएका ती लुटेराको संख्या पाँचदेखि आठ रहेको बताइएको छ । उनीहरुले १० गाडीहरुको समूहका पहिलो गाडीलाई अपहरण गरी पछि उनीहरुलाई छोडिदिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी स्रोत तथा ल पारिजियाँ दैनिकले लुटेरासँग कालास्निकोभ बन्दुक भएको उल्लेख गरेको छ । एक अधिकारीले पछि यी लुटेरासँग हाते बन्दुक भएको बताए ।

साउदी राजकुमारको मर्सिडिज र लुटेराहरुको बीएमडब्लु पेरिसको उत्तरपूर्वी भागमा अवस्थित सेन्ट मेसमेस गाउँको एक स्थानमा जलाइएको रुपमा फेला परेको थियो । प्रहरीले ५ सय युरोका दुई नोट, अरबी भाषाका कागजात तथा औषधिहरु सो जलेको गाडी नजिकै फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment