
१२ चैत, काठमाडौं । नेपाल–जापानबीचको श्रम सम्झौता, लगानी सम्मेलन, एसईई प्रश्नपत्रका त्रुटिलगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । त्यस्तै, प्रमुख निर्वाचन आयुक्तमा गरिएको सिफारिस, नागरिकता विधेयक, निजी विद्यालयको सिन्डिकेटलाई पनि पत्रिकाहरूले समेटेका छन् ।
नेपाल–जापन श्रम समझदारीको तस्वीर छापेको कान्तिपुरले एसईई परीक्षाका प्रश्नपत्रमा देखिएका त्रुटिबारे मुख्य समाचार बनाएको छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो ।
एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो ।
प्रदेश ३ को नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको छ । प्रश्न नं. ७ मा ४ वटा प्रश्नको मात्रै उत्तर दिए पुग्नेमा ५ वटा प्रश्न राखिएपछि धेरै विद्यार्थी झुक्किएको कान्तिपुरको समाचारमा उल्लेख छ ।
एकसिंगे गैंडाको संरक्षणमा देखिएको उदासीनतालाई कान्तिपुरले एंकर बनाएको छ । आहार खोजी गर्दै निकुञ्जबाट बाहिर निस्केका गैंग खाल्डो, दलदल, सेप्टिक ट्यांकी र विद्युत्तीय तारमा परेर मरिरहेको कान्तिपुर समाचारको सार छ ।
निरन्तर सरकारी अड्डाहरुको निगरानी गर्दै आइरहेको अन्नपूर्णले आज काठमाडौं जिल्ला अदालतको स्थलत रिपोर्ट प्रस्तुत गरेको छ । अन्यायमा परेकालाई न्याय दिने यो अदालतमा पनि चलखेल हुने गरेको रिपोर्टमा उल्लेख छ ।
नेपालमा लगानी गर्न चिनियाँ चासो बढेको, नेपालीलाई जापानीसरह सेवासुविधा हुने भएकोलगायत खबरलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा ठाउँ दिएको छ ।
नागरिकले प्रतिपक्षीको अनुपस्थितिमै संवैधानिक निकायमा भइरहेका सिफारिसमाथि प्रश्न उठाएको छ ।
निजी विद्यालयको डरलाग्दो सिन्डिकेटमाथि राजधानीले चिरफार गरेको छ भने गोरखापत्रमा विप्लवका गतिविधि नियन्त्रण गरिन्छ भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाइएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
प्रतिक्रिया 4