Comments Add Comment

मेस्सीको दुई गोलसँगै बार्सिलोनाको विजयी सुरुवात

Messi

९ भदौ, काठमाडौं । लिओनल मेस्सीको दुई गोलको मदतमा बार्सिलोनाले ला लिगामा विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको ला लिगाको आफ्नो पहिलो खेलमा १० खेलाडीमा सिमित बार्सिलोनाले इल्चेलाई ३–० गोल अन्तरले पराजित ग¥यो ।

कालो विरालो मैदान प्रवेश गरेका कारण खेल केही ढिला सुरु भएको थियो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ४२ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो ।उनले इल्चेका ६ डिफेण्डरको बीचबाट उत्कृष्ट गोल गरेका थिए ।

त्यसअघि ला लिगामा डेब्यू गरेका मुनिर र आन्द्र इनिष्टाको प्रहार बारमा लागेको थियो ।

मेस्सीको गोलको दुई मिनेटपछि नै गलत ट्राकल गरेको भन्दै रेफ्रीले बापर्सिलोनाका जाभियर मोसेरानोलाई रातो कार्ड दिए र बार्सिलोना १० खेलाडीमा सिमित थियो ।

Devastating duo: Munir El Hadaddi, left, and Lionel Messi, right, put Elche to the sword as Barcelona strolled to a 3-0 victory at the Nou Camp on Sunday evening

दोस्रो हातको सुरुमा नै मुनिरले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ६३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता लियो ।

बार्सिलोनाको प्रशिक्षकका रुपमा पहिलो खेल खेलाइरहेका लुइज इनिरिकले जाभी, पेड्रोलाई बेन्चमा राखेका थिए । गोलरक्षकमा यसै सिजन क्लबमा अनुवन्धित ब्राभो थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment