Comments Add Comment

चार वर्षमा साढे ५ लाख विद्यार्थी घटे

१२ भदौ, काठमाडौं । नेपालमा चार वर्षमा प्राथमिक तह (एकदेखि पाँच कक्षा)का विद्यार्थी साढे पाँच लाख घटेका छन् । सन् २०१० मा प्राथमिक तहमा ४९ लाख ५१ हृजार नौ सय ५६ विद्यार्थी रहेकामा सन् २०१३ मा ४४ लाख एक हजार ८० मात्र रहेका छन् ।

शिक्षा विभागको ‘फ्यास-१ रिपोर्ट २०७०’ अनुसार चार वर्षमै प्राथमिक तहका विद्यार्थीको संख्या पाँच लाख ५० हजार दुई सय १५ ले कमी आएको नयाँ पत्रिकामा खबर छ ।

रिपोर्टअनुसार सन् २०११ मा ४७ लाख ८२ हजार आठसय ८५ विद्यार्थी रहेकामा सन् २०१२ मा ४५ लाख ७६ हजार ६ सय ९३ थिए । विभागका अनुसार सन् २०१० देखि नै प्राथमिक तहका विद्यार्थी घट्न थालेको हो । २०१४ को भर्नाको यकिन विवरण संकलन भइनसके पनि यस वर्ष पनि विद्यार्थी घट्ने जिल्ला शिक्षा अधिकारीहरुले जनाएका छन् । शिक्षा विभागका अनुसार प्राथमिक तहमा औसत वृद्धिदर माइनश शून्य दशमलब एक रहेको छ । सरकारले शिक्षा बजेटको ६० प्रतिशतभन्दा बढी रकम विद्यालय तहमा खर्च गर्दै आएको छ ।

रिर्पोटका अनुसार घट्दो जनसंख्या वृद्धिदर, देशबाहिर बसाइँ सर्नु, नक्कली विद्यार्थी देखाउनेक्रम घट्नु रहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment