Comments Add Comment

मिस ग्लोवलका प्रतियोगीले प्रतिभा देखाए

Miss Global (1)मिस ग्लोवल इन्टरनेशनमा सहभागी प्रतियोगिहरुले शनिबार राजधानीको मन्डला थिएटरमा आफ्नो प्रतिभा देखाएका छन् ।

काठमाण्डौको आर्मी अफिर्स भदौ १७ गते हुने २४ जना प्रतियोगिहरुले आफुमा रहेको प्रतिभाहरु देखाएका हुन् । मोडल गोलबल भिजा कन्सलटेन्सीले आयोजना गरेको सो कार्यक्रमा प्रतियोगिहरुले नृत्य, नाटक, गीत लगाएतका प्रतिभा देखाएका थिए ।

प्रतियोगितमाम विजेता हुनेले नगद २ लाख, फस्ट रनअफ हुनेले नगद ६० हजार र सेकेण्ड रनअपले ३० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

अन्य विधाहरुमा मिस पर्सनाल्टी, टयालेन्ट, क्याटवर्क, फेण्डसीप, फोटोजेनीक, पन्चुयल, डिसीपिलीन, पपुलारीटी र ईन्टेलिजेन्ट रहेका छन् ।

कार्यक्रम आयोजक सस्थाका निर्देशक मनोज पाण्डेका अनुसार यो कार्यक्रम सौन्दर्य प्रतियोगिता भन्दा करियर केन्द्रीत भएको बताए । प्रतियोगितामा विजेताले एक बर्षभरी मोडल गोलबल भिजास कन्सलटेन्सीको ब्राण्ड एम्बेसडर र जब अवसर प्राप्त गर्ने छ । उनले यस प्रतियोगितामा मिस मार्केटिङ भनेर विजेतालाई १ लाख रुपैया दिने बताए ।

Miss Global (2)

Miss Global (3)

Miss Global (4)

Miss Global (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment