Comments Add Comment

निशाले फेसबुकबाट घोषणा गरिन् शरदसँगको प्रेम

अन्ततः नायिका निशा अधिकारीले क्रिकेटर सदर भेसवाकरसँगको प्रेमलाई सार्वजनिकरुपमा स्वीकारेकी छिन् । निशाले फेसबुकमा सोमबार एक तस्वीर अपलोड गर्दै आफु सरदसँग गहिरो प्रेममा रहेको स्वीकारेकी हुन् ।

म्याचिङ ड्रेसमा सरदसँगै बसेको तस्वीर सेयर गर्दै निशाले भनेकी छिन- सर्वब्यापी प्रेम, लौ मैले सवैलाई बाँडे ।’ यसो भन्दै उनले सरदलाई ट्याग गरेकी छिन् ।

लामो समयदेखि सार्वजनिक कार्यक्रममा सँगै देखिए पनि उनीहरुले अहिलेसम्म ‘रिलेसनसीप स्टाटस’ खुलाएका थिएनन् ।

उनीहरुले आफुहरु असल साथीमात्रै भएको जिकिर गर्दै आएका थिए । उनीहरुको सम्बन्धका बिषयमा टिप्पणी गरेको भन्दै निशाले पत्रकारलाई गालीसमेत गरेकी थिइन् ।

राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सरद हालै अमेरिकामा लिग खेलेर फर्किएका छन् ।

Nisha-and-sarad

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment