Comments Add Comment

युनाइटेडमा वर्षौ वस्न चाहन्छु : फल्काओ

Falcao

२७ भदौ, काठमाडौं । कोलम्बियन स्ट्राइकर राडामेल फल्काओले म्यानचेष्टर युनाइटेडबाट लामो समय खेल्ने बताएका छन् ।

उनी ६ मिलियन पाउण्डमा लोनमा वल्र्ड ट्राफड आएका छन् । तर, म्यानचेष्टर युनाइटेडले अब स्थायी रुपमा लिने आश रहेको बताए । ‘जब म एफसी पोर्टो र एथ्लेटिको मड्रिडमा थिए, मसँधै सुधार चाहन्थेँ र यस्तो (युनाइटेड) टिममा खेल्न चाहन्थेँ’ उनले भने–‘अब म यहाँ वर्षौ वस्न चाहन्छु ।’

म्यानचेष्टर युनाइटेडमा आफू निकै खुसी रहेको उनले बताए । उनले भने–‘यो मेरो करियरको ठूलो चुनौती हो ।’

चोटबाट मुक्त भएपछि उनले धेरै खेल खेल्न पाएका छैनन् । तर, धेरै सुधार भएको भन्दै उनले भनेका छन्–‘मैले गोल गरेको छु र यो स्ट्राइकरका लागि एकदम महत्वपूर्ण हो । म शारीरिक रुपमा विश्वस्त छु र मेरो घुँडा पनि ठिक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment