Comments Add Comment

एच एण्ड बी डेभलपमेण्ट बैंक घोटला काण्डको छानवित प्रतिवेदन तयार

६ असोज काठमाडौं । राष्ट्र बैंकले सम्हालेको बैंकको व्यवस्थापनले विषेशज्ञहरु एच एण्ड बी डेभलपमेन्ट बैंकको कुलेश्वर शाखामा भएको करिब ८२ करोड रुपैयाँ घोटला काण्डको छानविन प्रतिवेदन तयार पारेको जनाएको छ ।

‘बैंकको कुलेश्वर शाखावाट तत्कालीन अवस्थामा भएको गुडफर पेमेण्ट चेक सम्वन्धि विवादित वित्तीय कारोवार छानविन गर्न विशेषज्ञ छानविन समिति वनाई छानविन कार्य गोप्यताका साथ सम्पन्न गरेको छ’ नयाँ व्यवस्थापन समूहका संयोजक ज्ञानुकृष्ण H & B Bankअधिकारीले भने ।

विशेषज्ञ छानविन समितिमा कानूनविज्ञकारुपमा पूर्वपुनरावेदन अदालतका मूख्य न्यायाधिश केशवप्रसाद मैनाली, अपराध अनुसन्धान विशेषज्ञकारुपमा पूर्वअतिरिक्त प्रहरी महानिरिक्षक नवराज ढकालतथा लेखा विशेषज्ञकोरुपमा वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बालमुकुन्द ढुंगानालगायतले गोप्यरुपमा छानविन कार्य सम्पन्न गरेको उनले जानकारी दिए ।

उक्त समितिले विस्तृत अध्ययन गरी तयार गरेको प्रतिवेदन समेत तोेकिएकै समयावधिभित्र प्राप्त भएको हो । उक्त प्रतिवेदनले समस्या निदानका उपायहरु देखाएको छ र बैैंकमा भएका अन्य कमी कमजोरी तथा अनियमित गतिविधि बारेमा उजागर गरी प्रतिवेदन पेश भएको बैंकले जनाएको छ ।

प्रतिवेदनको कार्यान्वयनबाट समस्या समााधानको वाटो खुल्ने देखिएको नयाँ व्यवस्थापनको ठहर छ ।

अदालतमा विचाराधिन रहेका मुद्दाहरुको हकमा अदालतको सहमति लिनुपर्ने भएकाले र अदालतको सहमति लिनु नपर्ने विषयहरुका हकमा प्रतिवेदनले देखाए वमोजिम कारवाही अगाडी बढाइने उनले जानकारी दिए ।

छानविन प्रतिवेदनवाट समस्या पहिचान भई कार्यान्वयनको तहमा पुगि सकेको अधिकारीको भनाई छ ।

‘बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा रहने वा नरहने भन्ने विषय राष्ट्र बैंकले निर्णय गर्ने विषय हो’ उनले भने -यदि व्यवस्थापन नियन्त्रणमा रही रहेन भने प्रचलित कानून वमोजिम अन्य उपायहरु जस्तै संस्थाको लगानीकर्ताहरुलाई नैे वा अन्यबिशेषज्ञको समूहलाई संस्था संचालन गर्न सुम्पने लगायत अन्य उपायहरु अपनाउन सक्ने अवस्था देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment