+
+

ऋतिक र कट्रिनालाई सलमान खान नचाहिने

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ७ गते १२:०४

ritik-and-kat
ऋतिक रोशन र कट्रिना कैफ अक्टुबर २ तारिखमा प्रदर्शनमा आउन लागेको आफ्नो चलचित्र ‘ब्याङ ब्याङ’लाई लिएर निक्कै उत्साहित छन् । दुबै कलाकार यसको प्रमोशनमा जुटेका पनि छन् । तर, सिनेमा चलाउन विभिन्न टेलिभिजन रियालिटी शोमा पुग्ने चलनलाई भने यो सिनेमाका कलाकारले ब्रेक लगाएका छन् ।

हालै मात्र सुरु भएको सलमान खानले संचालन गरिरहेको रियालिटी शो ‘बीग बोस ८’मा पनि ऋतिक र कट्रिना नपुग्ने भएका हुन् । ऋतिक र सलमान खानबिचको चिसिएको सम्बन्धका कारण पनि यो निर्णय लिइएको हुनसक्छ ।

तर, यसको निर्माणपक्षले आफ्नो सिनेमाको एक्सन र गीत हिट भैसकेकाले कुनै रियालिटी शोको आवश्यकता नभएको ठहर गरेको जनाएको छ । जसका कारण पनि यो सिनेमाको प्रचार टेलिभिजन शोहरुमा नहुने पक्का भएको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?