Comments Add Comment

सामसुङ इलेक्ट्रोनिक्सको शो-रुम भक्तपुर र चाबाहिलमा

Samsung-Showroom2

९ असोज, काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले भक्तपुरको सूर्यविनायक र चाबाहिलको केएल टावरमा नयाँ शो-रुम खोलेको छ । दुबै शो-रुम गोल्छा अर्गनाइजेशनका निर्देशक शेखर गोल्छाले बिहीबार उद्घाटन गरे ।

नयाँ शो-रुमहरुमा सामसुङको एलइडी टिभी, रेफि्रजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र सामसुङ कर्भ  टिभीहरु उपलब्ध हुने बताइएको छ ।

कम्पनीले उक्त शो-रुमहरुमा सामसुङको दशैं अफर ‘द बिग डिल’ लागु गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले सामसुङका उत्पादन खरिद गर्दा आकर्षक क्यास ब्याक पाउने छन् ।

Samsung-Showroom

ग्राहकहरुले सामसुङको एलइडी टिभीमा ७ हजार १ सय रुपैयाँदेखि ३ लाख १४ हजार ९ सय ९० रुपैयाँसम्म फिर्ता पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, रेफि्रजेरेटरमा २ हजार ७ सय रुपैयाँदेखि ३१ हजार १ सय रुपैयाँ, वासिङ मेसिनमा ३ हजार ६ सय रुपैयाँदेखि ७ हजार ८ सय रुपैयाँसम्म फिर्ता पाउनेछन् ।

माइक्रोवेभ ओभनमा एक हजार ७ सय रुपैयाँदेखि ६ हजार ५ सय रुपैयाँसम्म र भ्याकुम क्लिनरमा एक हजार ३१० रुपैयाँदेखि २ हजार ४ सय १० रुपैयाँसम्म क्यास ब्याक पाउने कम्पनीले जनाएको छ । यो अफर सामसङको क्यामराहरुमा पनि उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment