Comments Add Comment

टाइगर र दिशाको प्रेमबारे ज्याकीको यस्तो बयान

बलिउडमा नायक टाइगर श्राफ र नायिका दिशा पटानीको प्रेम चर्चा चलेको लामो समय भैसकेको छ । यी दुई आफ्नो प्रेमलाई सार्वजनिक रुपमा पनि विन्दास तरिकाले प्रस्तुत गर्छन् । टाइगर र दिशाको जोडीलाई दर्शकले रुचाएका पनि छन् ।

तर, अहिलेसम्म टाइगर र दिशाको प्रेमलाई लिएर टाइगरका बुबा नायक ज्याकी श्राफको प्रतिक्रिया आएको थिएन । तर, पहिलो पटक ज्याकीले दुइको प्रेममा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्–‘म यो कुरामा खासै ध्यान दिन्नँ । टाइगरले आफ्नो जिन्दगीको २५ साल प्रेमिकाविना नै बिताएको छ । अहिले एउटी यूवती उनको जीवनमा छिन्, यसैले यसलाई धेरै ध्यान दिन आवश्यक छैन ।’

ज्याकीले अगाडि भने–‘टाइगर आफ्नी प्रेमिकालाई खुबै मन पराउँछन्, यसैले म यसमा खुशी छु । उसलाई मैले सामाजिक रुपमा उपस्थित हुँदा यो कुरालाई कसरी व्यवस्थित गर्ने भन्ने बिषयमा सिकाएको छु । उसले यो कुरा जानेको पनि छ । मलाई थाहा छ, उसले सामाजिक मर्यादा कहिले पनि तोड्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment