Comments Add Comment

रेडक्रसका प्रतिनिधि भन्छन्– विवादले राहत बाँड्न समस्या भयो

१९ चैत, वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाराका शाखा अधिकृत उदय नेपालले आँधी पीडितहरुलाई राहत वितरणका क्रममा विवाद आएकाले समस्या सिर्जना भएको जानकारी दिएका छन् ।

त्रिपाल वितरणमा विवाद देखिएकाले समस्या भएको नेपालले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रभावित बस्तीमा पक्का घर भएकाहरुले पनि त्रिपालमा दाबी गरेपछि राहत वितरणमा समस्या भएको हो ।

‘हामीले त्रिपाल वितरण गर्न खोजेकै हौं, आर्मी र सशस्त्र प्रहरीले पनि त्रिपाल लिएर वितरण गरेकै हुन् ।’ उनले भने ‘तर त्रिपाल वितरणमा विवाद आयो, पक्का घर भएकाहरुले पनि चाहियो भनेर दाबी गरेपछि समस्या भयो ।’

स्थानीय पीडितले पनि त्रिपाल नपाएको गुनासो गरेका छन् । ‘पक्का घर भएकाहरुले तीन–तीनवटा त्रिपाल लिएर गए, हामीलाई एउटा पनि मिलेको छैन’ प्रभावितहरुले गुनासो सुनाए ।

बढी प्रभावित क्षेत्र भलुही भरवलियाको रामटोल र विन टोलका बासिन्दा रातभर खुल्ला आकाशमुनि सुतेका छन् । अबेर रातिसम्म अनलाइनखबरको टोली रहँदा बालबालिकालाई चिसो भूँईमा प्लाष्टिकको बोरा ओछ्याएर सुताएका दृश्य देखिए । त्रिपालसमेत उनीहरुले पाएनन्, झुल त परको कुरा । अभिभावक बालबालिबालाई लामखुट्टेले नटोकोस् भनेर धपाउँदै बसिरहेका थिए ।

व्यवसायी सञ्जय अग्रवाल एक्लैले मात्रै भलुही भरवलियाका लागि ९२ थान त्रिपाल, ५० थान झुल, ५० थान एलईडी लाइड दिएका थिए । सेनाले पनि केही थान त्रिपाल लगेर वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment