+
+
Shares

भारतका २ वामपन्थी दलबाट ‘द वायर’माथि प्रतिबन्धको विरोध

भारतका दुई वामपन्थी दल भाकपा मार्क्सवादी र भाकपाले समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएकोमा विरोध जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १७:०५

२६ वैशाख, काठमाडौं । भारतका दुई वामपन्थी दल भाकपा मार्क्सवादी र भाकपाले समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएकोमा विरोध जनाएका छन् ।

भारत र पाकिस्तानबीच जारी तनावबीच यसका सामग्रीलाई लिएर भारत सरकारले शुक्रबार प्रतिबन्ध लगाएको हो ।

भाकपाका महासचिव डी राजा र माक्र्सवादीका महासचिव एमए बेबीले केन्द्रीय सञ्चारमन्त्री अश्विनी बैष्णवलाई पत्र लेखेरै द वायरजसता मिडियामाथि प्रतिबन्ध लगाइएको भन्दै आपत्ति जनाएका हुन् ।

दुवै वामपन्थी पार्टीले भारत सरकारसमर्थित सञ्चारमाध्यमहरूमाथि भने कारबाहीको माग गरेका छन् । भारत सरकार तथा सेनाबाट प्रमाणित नभएका फेक भिडियो र सूचना प्रवाह गरेर सरकार समर्थित धेरै सञ्चारमाध्यमहरूले साम्प्रदायिक विद्वेष फैलाउने काम गरिरहेको उनीहरूको भनाइ छ ।

‘फेक न्युजबाट साम्पद्रायिक विद्धेष फैलाउने टिभी च्यानलहरूलाई कारबाही गर्नुको साटो सत्य तथ्य लेख्ने ‘द वायर’ जस्ता मिडियामाथि प्रतिबन्ध लगाइनुले सरकार स्वतन्त्र मिडियालाई नियन्त्रण गर्न उद्यत रहेको देखाएको छ,’ उनीहरूले भनेका छन् ।

भारत–पाकिस्तान तनाव बढिरहेका बेला भारतीय न्युज च्यानलका फेक न्युज रोक्नुको साटो सरकार स्वतन्त्र मिडियाविरुद्ध उत्रिएको भन्दै आलोचना भएको छ ।

द वायरले अनलाइनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका गतिविधिहरूमाथि आलोचनात्मक सामग्रीहरू पस्किँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?