+
+
Shares

नेपाल राष्ट्रिय मगर संघले साउनको ३० र ३१ गते तेस्रो अधिवेशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १७:५३

२६ वैशाख, काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय मगर संघले आगामी साउनको ३० र ३१ गते तेस्रो महाधिवेशन गर्ने भएको छ ।

संघको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी कार्यालय सानेपामा महाधिवशेन गर्ने टुंगो लगाएको हो ।

तेस्रो महाधिवेशनका लागि ‘जागरण, रुपान्तरण र मगर एकता’ नारा तय गरिएको संघका राष्ट्रिय मगर संघका अध्यक्ष दिनेश थापामगरले जानकारी गराए ।

प्रदेश अधिवेशन हुन बाँकी बागमती, लुम्बिनी, मधेश प्रदेश र सुदुरपश्चिम अधिवेशन जेठ मसान्तभित्र सक्ने निर्णय गरिएको छ ।

अधिवेशनका लागि १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । बैठकले रिक्त केन्द्रीय सदस्यमा जगत रानामगर र सरिता रानामगरलाई मनोनित गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?