Comments Add Comment

बारामा १५ सय घरमा क्षति पुगेको प्रारम्भिक विवरण

१९ चैत, वीरगञ्ज । हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक आएको छ । नेपाल रेडक्रस सोसाइटी बारा शाखाले गरेको प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखिएको हो ।

रेडक्रस बाराका शाखा अधिकृत उदय नेपालले प्रारम्भिक अध्ययनको तथ्याङ्क आएको जानकारी दिए । ‘अहिलेको तथ्याङक प्रारम्भिक मात्रै हो, हावाहुरीबाट जम्मा प्रभावित १ हजार ५ सय २ घरधुरी देखिएका छन्’ नेपालले अनलाइनखबरसँग भने, ‘आज पनि स्वयंसेवकहरु परिचालन गर्दैछौं, उनीहरुले तथ्याङ्क संंकलन गर्छन र साँझसम्म वास्तविक तथ्याङ्क आउँछ ।’

विभिन्न निकायको बैठक बसेर मंगलबार गैर खाद्य राहत वितरण एवं तथ्याङ्क संकलनलाई प्राथमिकता दिँदै जाने निर्णय गरेको उनले सुनाए ।

प्रमुख जिल्ला अधिकारी भन्छन्– विवरण आइसकेको छैन

जिल्ला विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्षतिको यकिन विवरण संकलन भइरहेको बताएका छन् ।
यो पनि पढ्नुहोस खुला आकाशमुनिको कहालीलाग्दो रातः केवल छानो र मानोको आश

‘रेडक्रसले प्रारम्भिक विवरण संकलन गरिसकेको छ,’ उनले भने ‘पूर्ण, आंशिक र सामान्य क्षति कति कति हो भनेर छुट्याउनै बाँकी छ । आवश्यकता अनुसार राहत वितरण र तथ्याङक संकलन संगसँगै गर्छौं ।’

बाराको फेटा गाउँपालिका वडा नं १ र कलैया–१८ मा पर्ने भलुही भरवलिया गाउँमा बढी क्षति भएको पुगेको छ ।

फेटा गाउँपालिका वडा नं ३ पुरैनियाँ गाछीटोल र वडा नं ६ पुरैनिया टोलमा मानवीय एवं भौतिक क्षति बढी देखिएको छ । पर्सा जिल्लामा भने कमै क्षति पुगेको छ ।
यो पनि पढ्नुहोस राति नै कता हरायो त्रिपाल ? पीडित भन्छन्- पक्कीघरतिर गयो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment