Comments Add Comment

डिसीमा जमरा घरको स्थापना 

dc-jamara

भर्जिनिया । डिसी महानगर क्षेत्रमा नेपाली परम्परा र संस्कृति संरक्षण गरौ भन्ने मूल उदेश्यको साथ स्थापना भएको डिसी नेपाली समाजले घटस्थापनाको दिन वैदिक विधिपूर्वक जमारा घरको थापना गरेको छ ।

स्थापना काल देखि नै यस्ता पर्व र परम्परा लाई बिदेशी माटोमा मलजल दिदै बिदेशिएका नेपाली तथा आफ्ना सन्ततिलाई यसको महत्व बारेमा अवगत गाराउने उदेश्य रहेको डिसी नेपाली समाजले अष्टमीको दिन बिहान पूजा तथा साँझ मालसिरी भजन किर्तनको कार्यक्रम समेत राखेको छ ।

बिजयादशमीको दिन नबदुर्गा भवानीको पूजा आराधनाको कार्यक्रम गरिनुको साथै दुर्गा भवानीको दर्शन तथा पण्डित श्री राजेन्द्र खनालद्वारा आशिर्वचन् सहित् टीका लगाई दिने कार्यक्रम रहेको छ ।

महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व बढेकोले छुट्टै जमरा लिनको लागि घटस्थापनाको दिन सम्म संस्थालाई जानकारी गराउनु पर्ने भएकोले यस बर्ष पोहोर भन्दा जमाराको मांग बढेकोले सोहि अनुसार ज्यादा जमरा राखिएको सचिब कमल पोखरेलले बताए । फूलपातीको दिन फूलपाती भित्र्याउने र बिजयादशमीको टीका तथा जमरा बितरण बिहान ७ बजेदेखि ११ बजेसम्म गरिने पण्डित राजेन्द्र खनालले बताए  ।

विजय थापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment