Comments Add Comment

एनआरएनए यूथ फोरमद्वारा खेलाडी सम्मानित

NRN-Sports२६ असोज, काठमाण्डौ । गैरआवासीय नेपाली दिवस (एनआरएन डे) को अवसरमा एनआरएनए यूथ फोरमले खेलकूद जगतमा उल्लेखनीय योगदान पुर्‍याउने संस्था तथा खेलाडीलाई सम्मान गरेको छ ।

११ अक्टोवर शनिबारका दिन याक एण्ड यति होटलमा प्रधानमन्त्री सुशील कोईराला प्रमुख आतिथि रहनु भएको सो कार्यक्रममा सम्मान गरिएको हो ।

एनआरएनए आईसीसीका अध्यक्ष शेष घले र अन्तर्राष्ट्रिययूवा उपसंयोजक कृष्ण गिरीले खेलाडीहरुलाई ताम्रपत्र र नगद प्रदान गरेर सम्मान गर्नु भएको थियो भने कार्यक्रम संचालन नबिन पाण्डेले गर्नु भएको थियो ।

एनआरएनएको यूवा तथा खेलकुद टस्कफोर्सले खेलकुदको बिकासका लागि राम्रो कार्य गर्ने संस्था र देशको शिर उच्च पार्ने खेलाडीलाई सम्मान गर्दै हौसला प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको उपसंयोजक गिरीले बताए ।

एनआरएनले नेपाल राष्ट्रिय क्रिकेट टिम, गोल नेपाल डटकम, बिपलभ गौतम र बिमला तामाङलाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, सभासद्, एनआरएनएका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु, पत्रकार लागायत बुद्धिजिविहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment