Comments Add Comment

अध्ययन भन्छ – ठूलो खुट्टा हुने पुरुष परस्त्रीसँग सल्किन्छन्

Man-with-big-feet-तपाइँले लगाउने जुत्ताको आकार र तपाइँको यौन तथा प्रेम व्यवहारबीच कुनै सम्बन्ध होला ? झ्वाट्ट हेर्दा भएजस्तो लाग्दैन । तर एक अध्ययनले भने मानिसको प्रेम र यौन आचरण उसको खुट्टाको आकारसँग सम्बन्धित हुने तथ्य पत्ता लगाएको छ ।

बेलायतमा भएको एक सर्भेक्षण अनुसार ठूलो खुट्टा हुने अर्थात् ठूलो आकारको जुत्ता लगाउने पुरुषहरु बढि धोकेबाज हुने गरेका छन् ।

बेलायतको सबैभन्दा ठूलो डेटिङ साइट इलिसिट इन्काउन्टरले गरेको अध्ययनले पुरुषको खुट्टा अर्थात् पाइतालाको आकार जति ठूलो भयो उसले धेरै महिलासँग सम्बन्ध कायम गर्ने सम्भावना उत्ति नै धेरै हुन्छ ।

७ देखि ९ नम्बरको जुत्ता ठिक्क हुने पुरुषहरु आफ्नो जिवनसाथी वा महिला मित्र प्रति सबैभन्दा बढि इमान्दार हुने र १० नम्बर वा त्यस भन्दा ठूलो आकारको जुत्ता लाग्ने पुरुषको वेश्या आचरण हुने अध्ययनको निष्कर्ष छ ।

आफ्नो साइटमा आउने ग्राहकहरुको अध्ययन गरी यस्तो निष्कर्ष निकालिएको उक्त डेटिङ साइटकी माइक टेलर बताउँछिन् ।

विश्वका केही चर्चित व्यक्तिहरु ज्ाो परस्त्रीसँगको सम्बन्धका कारण चर्चित रहे उनीहरुको जुत्ताको आकारले पनि यो अध्ययनको निष्कर्षलाइ बल पूराउँछ ।

मोनिका लेवेन्स्कीसँगको सम्बन्धका कारण कुख्यात बनेका अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टको जुत्ताको आकार १२ छ ।

चर्चित गल्फ खेलाडि टाइगर उड्सको जुत्ताको साइज १० छ भने बेलायती चर्चित अभिनेता हग ग्रान्टले ११ नम्बरको जुत्ता लगाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment