+
+
Shares

डडेल्धुरामा गाडी दुर्घटना : १० जना घाइते, २ गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ४ गते ११:५४

४ चैत, डडेल्धुरा । डडेल्धुराको गन्याधुरा गाउँपालिका-३ गुयलखेतमा गाडी (हाइस) दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १० : ३० बजेतिर दुर्घटनामा परेको हो।

घाइते १० जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

घाइतेहरुलाई डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याइएको छ। घाइते र गम्भीर घाइतेको नाम खुलेको छैन। दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?