Comments Add Comment

नेपाली ठग्ने भारतीय एजेन्ट कारबाहीमा

३ कात्तिक, काठमाडौ । नेपाल प्रहरीको लागि ल्याएको सामान जाँचपास प्रक्रियामा ठग्ने भारतीय कम्पनी कारबाहीमा परेको छ । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले नेपाल प्रहरीको सामान ल्याउँदा ठगेको आरोपमा कोलकाताको रसेल स्टि्रटस्थित इन्टरप्राइजेजलाई कारबाही गरेको नागरिक दैनिकमा खबर छ ।
‘नेपाली सामान आयात-निर्यात गर्दा ठग्ने भारतीय एजेन्टलाई कारबाही थालेका छौं,’ महावाणिज्य दूत चन्द्र घिमिरेले टेलिफोनमा भने, ‘उजुरीका आधारमा भारतीय अधिकारीको सहयोगमा कारबाही गरेका हौं । यसले नेपाली आयात-निर्यातकर्तालाई थोरै भए पनि राहत हुने विश्वास लिएका छौं ।’ नेपाली ब्यवसायी ठगेको आरोपमा भारतीयलाई कारबाही भएको यो पहिलो घटना हो । उक्त र्फमले केही समयअघि काठमाडौको भुवनेश्वरी इन्टरप्राइजेजले पूर्व नेपाल प्रहरीलाई आपूर्ति गर्न चीनबाट ल्याएको सामान कोलकातामा ढिलाइ गर्दै जालसाजी गरेको घिमिरेले बताए ।
ठग्ने चन्दन चटर्जी कोलकाताका भन्सार एजेन्ट हुन् । उनले नेपाली आयातकर्ताबाट दोहोरो शुल्क लिएको, नक्कली बिल, विजक बनाएर बढी खर्च लिएको, नेपाली आयातकर्ताबाट भुक्तानी लिन एउटा बैंक ड्राफ्ट र कन्टेनर प|mेट फरवार्ड स्टेसन -सीआईएफ)लाई भुक्तानी गर्न अर्को बैंक ड्राफ्ट प्रयोग गरेको पाइएको घिमिरेले बताए । उनका अनुसार ती एजेन्टले कार्गो पठाइसकेको झुठो विवरण दिएर सामान कोलकातामै अल्झाउने, बनावटी कारण देखाई अनुचित डेमरज (विलम्ब शुल्क) तिराउन बाधय पार्थे । चटर्जीले अरु नेपाली आयातकर्तालाई पनि दुःख दिन्थे । महावाणिज्य दूतावासले नेपाली आयात-निर्यातकर्तालाई उनको र्फमसँग कारोबार नगर्न भनेको छ । दूतावासले वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयलाई यसबारे पत्र लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment