Comments Add Comment

बदमासी गर्ने जनावरलाई पनि जेल

४ कात्तिक, गोरखा । चारैतिर ढुंगे पर्खालको अग्लो घेरा । भित्र बाहिर गर्न नमिल्ने गरी तालाबन्दी गरिएको एउटा ढोका । एउटा पर्खालभित्र ५० वटा चौंरी, याक र झोंपा । नजिकैको अर्को पर्खालभित्र करिब १० वटा घोडा । यो कसैले पालेको नभएर थुनामा परेका याक, चौरी, झोपा र घोडा हुन् ।
जिल्लाको हिमालपारिको सामागाउँ गाविसमा बाली चोर्ने याक, चौंरी, झोपा, घोडाहरुलाई झ्यालखानामा थुन्ने चलन रहेको अन्नपूर्ण पोस्टमा खबर छ । गाविसको निर्णयबाट स्थानीयले वडानम्बर तीनमा दुईवटा ढुंगे पर्खालको घेराबारा बनाएका छन् । यसलाई स्थानीय (तिब्बती) भाषामा झाङ्ग्रा भन्छन् । यहाँ बाली चोर्ने घरपालुवा पशुचौपाया थुन्ने गरिएको स्थानीय आङ्वा लामाले बताए ।
‘सरकारी नीति होइन, गाउँकै रीति हो,’ लामा भन्छन्, ‘गाउँको निर्णयले वडानम्बर तीनमा दुईवटा झाङ्ग्रा बनाएका छौं । कसैको याक, चौरी, घोडाले अरुको बाली खायो भने यही ल्याएर थुन्छौं ।’ अनि जसको याक, चौरी, झोपा वा घोडा हो उसले ५० रुपैयाँ जरिवाना तिरेर मात्र फिर्ता लाने गर्छन् । ल्हो गाविसको पशु चौपाय हो भने पाँच सय रुपैयाँ तिर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment