Comments Add Comment

आयल निगमका हाकिमदेखि पियनसम्मले पाउँछन् लुगा धुने खर्च

nepal_oil_corporation४ कात्तिक, काठमाडौ । सरकारले नेपाल आयल निगम लिमिटेड घाटामा गएको बताइरहे पनि निगममा कार्यरत कर्मचारीले भने सधैं नाफाको जीन्दगी जिइरहेका छन् । निगममा कार्यरत महाप्रबन्धकदेखि पियनसमेतले दसैंखर्च, लुगा खर्च, घर संरक्षण खर्च र लुगा धुने खर्च समेत नियमित रुपमा कार्यालयबाट बुझ्दै आएका छन् ।

निगममा कार्यरत पियनदेखि महाप्रबन्धक समेतले विभिन्न शीर्षकमा अतिरिक्त रकम बुझ्ने गरेका छन् । लुगा धुने खर्च, घर संरक्षण खर्च, खाजा खर्चलगायत विभिन्न शीर्षकमा रकम जोडेर पियन, माली र स्वीपरले महिनामा १५ हजार ३ सय २४ रुपैयाँ अतिरिक्त बुझ्दै आएका छन् ।

महाप्रबन्धकले मासिक ३८ हजार १ सय ४० रुपैयाँ बुझ्दै आएका छन् भने  वार्षिक रुपमा दशैं खर्च ३१ हजार ९ सय ८०, पोशाक खर्च २० हजार ९ सय ४८ र औषधि उपचार खर्च ३१ हजार ९ सय ८० रुपैयाँ बुझ्दै आएका छन् ।

त्यस्तै तल्लो तहका कर्मचारीले दसैं खर्चवापत वार्षिक १० हजार ३ सय ३४, प्रतिग्रेड मासिक ३ सय ३४, दसैं खर्च वापत वाषिर्क १० हजार ३ सय ३४, जोखिम खर्च वापत ४ हजार ५ सय र आफ्नै घर संरक्षण शीर्षकमा मासिक ४ सय ५० लिने गरेका छन् ।

Oil-Nigam-Karmachari-ko-talab

त्यस्तै महाप्रवन्धकदेखि पियनसम्मले सुकिलो लुगा लगाए वापत मासिक १५ रुपैयाँ बुझ्दै आएका छन् । खाजा खर्च पनि महाप्रबन्धकदेखि पियनसम्मको समान रहेको छ ।

पोशाक शीर्षकमा महाप्रबन्धकले वार्षिक२० हजार ९ सय ४८ रुपैया बुझ्दै आएका छन् । भने बरिष्ठ सहायक (प्रा)देखि पियनसम्मले झण्डै २० हजार रुपैयाँ बुझ्दै आएका छन् । त्यस्तै औषधि उपचार शीर्षकमा पनि महाप्रबन्धकले वार्षिक ३१ हजार नौसय ८० बुझ्छन् भने पियनले २० हजार ६ सय ६८ रुपैयाँ बुझ्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment