Comments Add Comment

डिभिजन थ्री क्रिकेटमा नेपालको खराव सुरुवात, युगाण्डासँग २० रनले पराजित

Full-game summary_nep vs uganda_2

६ कात्तिक, क्वालालम्पुर । नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा खराव सुरुवात गरेको छ ।

उपाधि रक्षाको लक्ष्यका साथ मलेसिया आएको नेपाली टोली पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित भएको छ ।
किनरारा ओभलमा टस जितेर नेपालले फिल्डिङ रोज्यो ।

पहिले व्याटिङको निम्तो पाएको युगाण्डाले ५० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो । २३ रन बनाउँदा ५ विकेट गुमाएको युगाण्डाको पारी मुकोबी र मासबाले सम्हालेका थिए ।

छैटौं विकेटका लागि मुकोबी र मासबाले २३७ रनको साझेदारी गरे । मुकोबी ८४ र मासबा ५१ रनमा आउट भए ।cricket1
नेपालका कप्तान पारस खड्काले विकेट लिए भने सोमपाल कामी र बसन्त रेग्मीले समान २/२ विकेट हात पारे । सागर पुनले १ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको नेपालले ४८.५ ओभरमा १८३ रन बनाउँदा सबै विकेट गुमायो । नेपाली व्याट्सम्यानहरुले टिकेर खेल्न सकेनन् । नरेश बुढायरले १२२ बलमा चार चौका र १ छक्काको मदतमा ६२ रन बनाए ।

सुवास खकुरेल, शरद भेसवाकर र सागर पुनले समान २२/२२ रन बनाए । ज्ञोनन्द्र मल्ल र पारस खड्का १४/१४ रनमा आउट भए भने बसन्त रेग्मीले १० रन जोडे ।

मेहबुब आलम र विनोद भण्डारी समान ४/४ रनमा आउट भए । शक्ति गौचनले खाता नै खोल्न सकेनन् भने सोमपाल कामी १ रनमा अविजित रहे ।

 

खेल अवधिका केही तस्वीर

criket2

criket4

criket3

criket4

icc-malaysia-5

icc-malaysia-3 icc-malaysia-2

icc-malaysia-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment