+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रपतिकी पनातिनी भन्छिन- फिल्ममा आउन बाउबाजेको नाम बेचेकी छैन्

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ७ गते ९:१५

Shreya_Narayan
मुम्बइ । भारतको पहिलो राष्ट्रपति डा. राजेन्द्र प्रसादकी पनातिनी नायिका श्रेया नारायण फिल्मी दुनियाँमा छिरेकी छिन् ।
तर, उनले फिल्ममा आउनका लागि बा, हजुरवाको नाम प्रयोग नगरेको बताइन् । ‘म आज जे छु मेरो कारण हो, अरुको कृपाले होइन ।’ उनले भनिन् ।
हिन्दी फिल्म ‘सुपर नानी’ मा श्रेयाले रेखाको बुहारीको भुमिका निर्वाह गरेकी छिन् । यस अघि उनले साहेब बीबी र ग्याङगस्टारमा अभिनय गरेकी थिइन् । अभिनयको अतिक्ति केही पत्रिकाको स्तम्भ लेखक समेत रहेकी श्रेयाले केही फिल्ममा गीत पनि लेखेकी छिन् ।
हिन्दी फिल्म ‘गुलाब ग्याङग’ को शर्म लाज… बोलको गीत उनैले लेखेकी थिइन् । कजेज पढ्दैदेखी फिल्मप्रति उत्सुक श्रेयाले केेमेस्ट्रीमा ग्रयाजुएशन गरेकी छिन् । उनको अभिनय मोहप्रति उनका बुबा आमा भने खुसी छैनन् ।
मुम्बइमा जो कसैले पनि ब्यक्तित्व बनाउनका लागि आफै मेहनत गर्नुपर्ने धारणा राख्ने श्रेया आफुले पनि आम नागरिकले सरह मेहनत गरेर यो स्थानमा आएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?